काठमाडौं । आन्तरिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यसहित चन्द्रागिरि विकास मञ्चले हाइकिङ गर्ने भएको छ । चन्द्रागिरि नगरपालिकाको सहकार्यमा मञ्चले ‘दोश्रो हाइकिङ’ कार्यक्रम गर्न लागेको हो ।



उक्त कार्यक्रम यही चैत २८ गते शनिबार बिहान ७ बजेदेखि सुरु हुने जनाइएको छ । हाइकिङ चन्द्रागिरि नगरपालिका–७ को पाटीधारास्थित ब्राइट एन्जेल्स स्कूलबाट सुरु हुने बताइएको छ । हाइकिङ मार्ग महांकाल भैरव मन्दिर, राम–लक्ष्मणले ढुंगा घसेको स्थान, भालेस्वर मन्दिर, देउराली हुँदै पानीघाटसम्म रहेको आयोजकले जनाएको छ ।
कार्यक्रमले आन्तरिक पर्यटन प्रवद्र्धन गर्नुका साथै स्थानीय क्षेत्रको पहिचान र आकर्षण बढाउने लक्ष्य राखिएको आयोजक चन्द्रागिरि विकास मञ्चले जनाएको छ । मञ्चले कार्यक्रममा सहभागी हुन इच्छुकहरूलाई सम्पर्क राख्न आग्रह पनि गरेको छ ।



