काठमाडौं । काठमाडौंमा सम्पन्न नेपाल ट्रिपर तथा ट्रक व्यवसायी समितिको १४औं वार्षिक साधारण सभाबाट अमर श्रेष्ठ अध्यक्षमा चयन हुनुभएको छ । ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड ब्याङक्वेटमा भएको निर्वाचनमा उहाँले ७३७ मत प्राप्त गर्दै विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिस्पर्धी शिव ओझाले ५९७ मत प्राप्त गर्नुभएको थियो ।
यसैगरी, वरिष्ठ उपाध्यक्ष पदमा हेमराज श्रेष्ठ विजयी भएका छन् । उहाँले ७३९ मत ल्याउँदा उहाँका प्रतिस्पर्धी राजु सत्यालले ५९३ मत प्राप्त गर्नुभएको थियो । कोषाध्यक्ष पदमा भने राजन श्रेष्ठ ७४७ मतसहित निर्वाचित भएका छन् भने उहाँका प्रतिस्पर्धी वीरेन्द्र श्रेष्ठले ५८० मत प्राप्त गर्नुभएको थियो ।



समितिको १९ सदस्यीय पदका लागि भएको प्रक्रियामा अधिकांश पदमा सर्वसम्मत चयन भएको थियो । अध्यक्ष, वरिष्ठ उपाध्यक्ष र कोषाध्यक्ष गरी तीन पदमा मात्र निर्वाचन गरिएको थियो । बाँकी १६ पदमा उम्मेदवार निर्विरोध चयन भएका थिए ।
नवनिर्वाचित नेतृत्वले आगामी दिनमा व्यवसायीहरूको हितका लागि काम गर्ने अपेक्षा गरिएको छ ।
कार्यसमितिका सदस्यहरुको नामावली
१. अध्यक्ष : अमर श्रेष्ठ
२. वरिष्ठ उपाध्यक्ष : हेमराज श्रेष्ठ
३. प्रथम उपाध्यक्ष : रत्नमणी पाठक
४. द्वितिय उपाध्यक्ष : कुमार श्रेष्ठ
५. तृत्तिय उपाध्यक्ष : मनोज कार्की
६. प्रदीप बस्नेत : सचिव
७. दिपेन्द्र थापा : सह–सचिव
८. राजन श्रेष्ठ : कोषाध्यक्ष
९. सविन कुमार राई : सह–कोषाध्यक्ष
१०. साजन पौडेल : सदस्य
११. प्रविन श्रेष्ठ : सदस्य
१२. साविका त्वानाबासु : सदस्य
१३. राजेन्द्र लामा : सदस्य
१४. राजेश अकौलिया : सदस्य
१५. बैकुण्ठ प्याकुरेल : सदस्य
१६. राजु रेग्मी : सदस्य
१७. प्रमोद थापा : सदस्य
१८. विष्णु ब. क्षेत्री : सदस्य
१९. राजु पौडेल : सदस्य



