काठमाडौं । मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद बैठक बोलाउनुभएको हो ।

आज अपराह्न ४ बजे बस्नेगरी मन्त्रिपरिषद बैठक बोलाइएको सरकार प्रवक्ता एवम् शिक्षामन्त्री सम्मित पोखरेलले जानकारी दिनुभएको हो । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बस्नेछ । आजको बैठक नवगठित मन्त्रिपरिषदको दोस्रो बैठक हो । यसअघि गत शुक्रबार सरकार गठन लगत्तै मन्त्रिपरिपद बैठक बसेको थियो । उक्त बैठकले कार्की आयोगले गरेको सिफारिस कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

शुक्रबारकै मन्त्रिपरिषद बैठकले शासकीय सुधारसम्बन्धी एक सय वटा कार्यसूची स्वीकृत गरेको थियो। सोमबार र बिहीबार मन्त्रिपरिषदको नियमित बैठक बस्दै आएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय