काठमाडौं । सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको रिहाइको माग गरिएको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमा कारण देखाउ आदेश दिएको छ ।



पूर्व प्रधानमन्त्री पत्नी राधिका शाक्यले दायर गरेको रिट निवेदनमाथि सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाउ आदेश जारी गरेको सर्वोच्च अदालतले जनाएको छ ।
यसैगरी, सर्वोच्च अदालतले पूर्वगृहमन्त्री रमेश लेखकलाई रिहा गर्न माग गर्दै दायर बन्दी प्रत्यक्षीकरण रिटमा पनि कारण देखाउ आदेश जारी गर्दै रिहा अस्वीकार गरेको छ । सोमबार इजलासमा सुनुवाइ पश्चात अदालतले तत्काल रिहा नहुने निर्णय लिएको हो । उक्त सुनुवाइ लेखकको रिटमा न्यायाधीश कुमार रेग्मीको इजलासले सञ्चालन गरेको थियो ।
भदौ २३ र २४ गतेको घटनाको छानबिन गर्न गठित गौरीबहादुर कार्की नेतृत्वको आयोगले गरेको कारबाही सिफारिसका आधारमा सरकारले शनिवार बिहानै तत्कालिन प्रधानमन्त्री ओली र गृहमन्त्री लेखकलाई पक्राउ गरेको थियो ।



