काठमाडौं । सरकारले संघीय संसद्को अधिवेशन आगामी चैत १९ गते बिहीवारका लागि आह्वान गर्न राष्ट्रपति रामचन्द्र पौडेललाई सिफारिस गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले चैत १९ गते बिहीवार अपराह्न २ बजेका लागि संसद्का दुवै अधिवेशन आह्वान गर्न सिफारिस गरेको सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
त्यसबाहेक मन्त्रिपरिषद्ले संविधान संशोधनका लागि बहसपत्र तयार गर्न प्रधानमन्त्री बालेन्द्र शाहका राजनीतिक सल्लाहकारको संयोजकत्वमा एउटा कार्यदल गठन गर्ने पनि निर्णय लिएको छ ।

मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउँदै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले ‘संविधान संशोधन बहसपत्र तयार गर्न प्रधानमन्त्रीका राजनीतिक सल्लाहकारको अध्यक्षतामा संसदमा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको प्रतिनिधित्व रहनेगरी कार्यदल गठन गर्ने,’ जानकारी दिए ।

राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो चुनावी वाचापत्रमा संविधान संशोधनका लागि बहसपत्र तयार गर्ने उल्लेख गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय