काठमाडौैं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वसभामुख कृष्णबहादुर महरासहित २३ भन्दा बढी व्यक्तिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट विद्युतिय चुरोट (भेप) प्रयोग गरेर गरिएको सुन तस्करी प्रकरणमा महरासहित २३ जना विरुद्ध मुदा दायर गरेको हो । अख्तियारका अनुसार सार्वजनिक पदमा रहँदा महराले विमानस्थल भन्सार कार्यालयका प्रमुखलाई दबाब दिँदै भेप छुटाउन पहल गरेका थिए । उक्त प्रकरणमा उनका छोरा राहुल महरासहित अन्य संलग्न व्यक्तिहरूलाई पनि प्रतिवादी बनाइएको छ । उनीहरूमाथि करिब ७ करोड रुपैयाँ बराबरको बिगो दाबी गर्दै मुद्दा अदालतमा पेश गरेको आयोगले जनाएको छ ।

२०७९ माघमा चिनियाँ नागरिकले ७ सय ३० वटा भेपभित्र लुकाएर करिब ९ किलो सुन नेपाल भित्र्याएका थिए । उक्त सुन भन्सार जाँचका क्रममा नियन्त्रणमा लिइए पनि पछि चोरी भएको र तस्करी सञ्जालको संलग्नता खुल्दै गएको थियो ।
अनुसन्धानका क्रममा महरा बाबुछोराले भन्सार कर्मचारीसँग पटक–पटक सम्पर्क गरी सामान छुटाउन दबाब दिएको तथ्य पनि खुलेको छ । सुन तस्करी घटनामा उच्च तहका व्यक्तिको संलग्नता देखिएपछि थप कानुनी कारबाही अघि बढाइएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय