काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले चन्द्रागिरि नगरपालिकाको वडा नं २ मा “विशेष धन्यवाद सभा तथा सुझाव संकलन” कार्यक्रमको गरेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी, चन्द्रागिरि वडा नं २ कार्य समितिले काठमाडौँ निर्वाचन क्षेत्र नं १० का नवनिर्वाचित संघीय सांसद प्रदिप विष्टको प्रमुख आतिथ्यतामा विशेष अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रमलाई सम्बोधन गर्दै सांसद विष्टले काठमाडौं १० मा विकासको मूल चन्द्रागिरिको नागढुंगाबाटै सुरु हुनुपर्ने बताउनुभयो छ । सांसद विष्टले काठमाडौं प्रवेश द्वार समेत रहेको र नागढुंगा प्रवेश गर्ने वित्तिकै स्वच्छ, सफा र सुन्दर काठमाडौं हेर्ने वातावरण बनाउन नागढुंगाबाटै विकासको सुरुवात गर्नुपर्ने बताउनुभएको हो ।

कार्यक्रमा सहभागीहरुले आफ्ना दैनिकीसँग जोडिएका विभिन्न समस्या, गुनासा तथा सुझावहरू सांसद बिष्टसमक्ष राखेका थिए । स्थानीयको गुनासो तथा माग सुनेपछि सांसद विष्टले जनताका गुनासा आफूले सक्ने हदसम्म पहल गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै उहाँले विकास निर्माणका कामलाई प्राथमिकतामा राख्दै सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

निर्वाचन पश्चात स्थानीय तहमा जनप्रतिनिधि र नागरिकबीच प्रत्यक्ष संवाद आवश्यक रहेको उल्लेख गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जनप्रतिनिधि र नागरिक बीचको सम्बन्धलाई थप पारदर्शी र उत्तरदायी बनाउन, वडाका आर्थिक, सामाजिक तथा सांस्कृतिक मुद्दाहरूमा प्रत्यक्ष संवाद गर्न तथा आगामी विकासका लागि जनस्तरबाटै सुझाव संकलन गर्न यस्ता कार्यक्रमको विशेष महत्व रहने विश्वास गरिएको छ ।

कार्यक्रममा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय