काठमाडौं । भ्रष्टाचार तथा सम्पत्ति शुद्धीकरणसम्बन्धी आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुरातत्व विभागका दुई पूर्व कर्मचारीविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको छ ।

मुद्दा खेप्नेहरूमा विभागका तत्कालीन सिनियर डिभिजनल इञ्जिनियर पूर्णबहादुर श्रेष्ठ र सहायक पथप्रदर्शक देउकला अधिकारी रहेका छन् । आयोगले निर्माण सेवासँग सम्बन्धित विभिन्न कम्पनी तथा संयुक्त उपक्रमबाट आएको रकम अधिकारीको व्यक्तिगत बैंक खातामा जम्मा गरिएको पाइएको छ ।

अनुसन्धानबाट प्राप्त विवरणअनुसार उक्त रकम घुसस्वरूप लिइएको ठहर गरिएको छ । त्यसरी प्राप्त अवैध आम्दानीबाट दुवैले मिलेमतोमा जग्गा, सुनलगायत सम्पत्ति खरिद गरेको तथा केही रकम अन्य व्यक्तिहरूलाई भुक्तानी गरेको समेत खुलेको आयोगले जनाएको छ ।

पुरातत्व विभागसँग सम्बन्धित करिब ६४ करोड रुपैयाँभन्दा बढीका ठेक्कामध्ये करिब ४ करोड २२ लाख रुपैयाँ बराबर घुस लिएको आरोप उनीहरूमाथि लागेको छ । साथै, गैरकानुनी रूपमा कमाएको सम्पत्ति लुकाउने, रूपान्तरण गर्ने र हस्तान्तरण गर्ने कार्यसमेत गरिएको आरोप लगाइएको छ ।

आयोगका प्रवक्ता सुरेश न्यौपानेले दुवै अभियुक्तविरुद्ध समान रकम बिगो कायम गर्दै विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय