काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. १२, बलम्बुमा अपाङ्गता सहायक सामग्री वितरण गरिएको छ ।

चन्द्रागिरि नगरपालिका वडा नं. १२ बलम्बुको आर्थिक सहयोगमा अपाङ्गता–अभिभावक समाज नेपालको आयोजनामा वडाका १७ जना बिभिन्न प्रकारका अपाङ्गता भएका ब्यक्तिहरूलाई उनीहरुको आवश्यकता अनुसारका सहायक सामग्री वितरण गरिएको हो । कार्यक्रममा २ जनलाई ह्विलचियर, ६ जनलाई कमोड चियर, २ जनालाई एल लठ्ठी, ३ जनालाई हेरिङ एड, एक जनालाई ट्राम्पोलीन, १ जनलाई डायपर, एक जनालाई ऐर म्याट र सेतो छडि १ जना लाई हस्तान्तरण गरिएको थियो ।

वडा अध्यक्ष न्हुच्छे बहादुर महर्जनले वडाले अपाङ्गता सहायक सामग्री वितरण गर्न पाउदा ज्यादै खुसि लागेको बताउनुभयो । उहाँले आगामि दिनमा वडा भित्र बन्ने सबै खालका भौतिक विकास निर्माणहरू जस्तै वडा कार्यालयको भवन, पार्कहरू, बाटो र अन्य कार्यालयहरू अपाङगता मैत्री बनाउनु पर्नेमा जोड दिनु भयो । अपाङ्गताका सवालमा वडा जहिले सकारात्मक रहेको र आगामि दिनमा पनि वडाको तर्फबाट अपाङ्गता भएका ब्यक्ति तथा तिनका अभिभावकहरूका लागि के कस्ता कार्यक्रम तथा सहयोग गर्नु पर्छ वडा सदैव तयार रहेको बताउनु भएको थियो । यसैगरी वडाका जनप्रतिनिधिहरुले आगामी दिनमा पनि यस्ता कामहरु गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रममा स्वास्थ्य बिमाका वडा प्रतिनिधिले स्वास्थ्य बिमामा अपाङ्गता भएका ब्यक्तिहरूले पाउने सुविधा र उनीहरुको स्वास्थ्य बिमा कसरि गर्न सकिन्छ भन्ने बारेमा जानकारी दिएका थिए । कार्यक्रममा वडाका जनप्रतिनिधि, कर्मचारी, अपाङ्गता–अभिभावक समाज नेपालका पदाधिकारी, अपाङ्गता भएका व्यक्ति, उनीहरुका अभिभावक लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय