काठमाडौं । त्रिभुवन विश्‍वविद्यालयका उपकुलपतिसहित तीन जनाले राजीनामा दिएका छन् । त्रिभुवन विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री बालेन शाहसमक्ष उपकुलपति दीपक अर्याल, रेक्टर खड्ग केसी र रजिस्टार केदारप्रसाद रिजालले राजीनामा पठाए हुन् ।

उनीहरुले बिहीवार पत्र लेखेर राजीनामा पठाएको बताइएको छ । सरकारले विश्वविद्यालयका पदाधिकारीलगायत राजनीतिक नियुक्ति पाएका अधिकारीहरूलाई हटाउने गरी अध्यादेश सिफारिस गरेको सन्दर्भमा पदमा बसिरहन उचित नलागेकाले राजीनामा पठाएको बुझिएको छ ।

राजीनामा दिनेहरु उपकुलपति अर्याल तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा र केसी पुष्पकमल दाहालको पालामा नियुक्त भएका थिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय