काठमाडौं । नवलपुरको गैँडाकोट नगरपालिका–१५ मा घरायसी विवाद हुँदा बाबुले छोराको हत्या गरेका छन् । गैँडाकोटको चिन्तामणि टोलका ६३ वर्षीय डम्बर गिरीले धारिलो हतियार (खुर्पा) प्रहार गरी ३६ वर्षीय छोरा शंकर गिरीको हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।



टाउकोमा खुर्पा प्रहारबाट गम्भीर घाइते भएका शंकर गिरीको उपचारका क्रममा चितवनस्थित नयाँ मेडिकल कलेजमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । प्रहरीले डम्बर गिरीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको जनाएको छ ।



