काठमाडौं । चन्द्रागिरि नगरपालिकाबाट वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथ एवम् मीननाथको रथ तान्न जाने भएका छन् ।

ललितपुर महानगरपालिकाले ईतिटोलबाट रथ तानेर कुमारीपाटी हुँदै जावलाखेल पुर्याउने दिन हरेक वर्ष सात गाउँले जात्राका गुठीयारहरूलाई रथ तान्न निम्तो पठाउने गरेको छ । सोही अनुरुप चन्द्रागिरि र कीर्तिपुर नगरका गुठीयारहरू ललितपुर जान लागेका हुन् । सो कार्यका लागि चन्द्रागिरि नगरबाट हरेक वडाबाट सवारी साधनको व्यवस्था गरिएको चन्द्रागिरि नगरपालिकाले जनाएको छ ।

रथ तान्न जानेहरुका लागि चन्द्रागिर नगरपालिकाका प्रत्येक वडाबाट गाडीको व्यवस्था गरेको नगरपालिकाले जानकारी दिएको छ । वडाहरुले पनि छुट्टाछुट्टै सूचना प्रकाशन गरेर रथ तान्न जानका लागि वडावासी तथा नगरवासीहरुलाई आह्वान गरेको छ ।

रथ तान्न जानका लागि दिउँसो साँढे एक बजे प्रस्थान गर्ने तय भएको वडा कार्यालयहरुले जानकारी दिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय