काठमाडौं । पूर्वअर्थमन्त्री विष्णु पौडेललाई सरकारी वकिलको कार्यालयमा लगिएको छ । उनलाई माइतीघरस्थित विशेष सरकारी वकिलको कार्यालयमा लगिएको हो ।

सरकारी वकिलले उनलाई हिरासतमा राख्न विशेष अदालतमा म्याद थप प्रयोजनार्थ पेस गर्नुपर्ने कानुनी प्रावधान छ ।

पौडेललाई सोमबार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको पत्रको आधारमा सुर्खेतबाट पक्राउ गरेर काठमाडौँ ल्याइएको हो । उनी वीरेन्द्रनगर नगरपालिका–३ स्थित शुभ होटलबाट पक्राउ परेका थिए । उनलाई सडक मार्गबाट मंगलबार बिहान काठमाडौँ ल्याइएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय