काठमाडौं । मदन भण्डारी फाउण्डेसनद्वारा आयोजित कार्यक्रममा चार जना पूर्वप्रधानमन्त्री उपस्थित भएका छन् । पूर्वप्रधानमन्त्री एवम् नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल र झलनाथ खनाल एकै मञ्चमा उपस्थित भएका हुन् ।

फाउण्डेसनद्वारा जननेता मदन भण्डारीको ७५ औँ जन्मजयन्तीका अवसरमा आइतबार राष्ट्रिय सभामा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक कार्यक्रममा लामो समयपछि नेपालका कम्युनिस्ट नेता एवम् पूर्वप्रधानमन्त्री उपस्थित भएका हुन् ।

पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा ‘श्वेतशार्दूल मदन भण्डारीको जीवनका लेखक रमेश रुछेन राईलाई पुरस्कार तथा सम्मानपत्र प्रदान गर्ने कार्यक्रम रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय