काठमाडौं । पूर्वप्रधानमन्त्री एवम् नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का वरिष्ठ नेता झलनाथ खनालले वामपन्थीहरू मिल्नुको विकल्प नरहेको बताएका छन् ।

आइतवार जननेता मदन भण्डारीको ७५औँ जन्मजयन्तीका अवसरमा काठमाडौंमा आयोजित ‘नेपालको कम्युनिस्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक अन्तरक्रिया कार्यक्रममा नेता खनालले वाम एकतालाई आजकै दिनदेखि दीर्घकालीन रूपमा अघि बढाउन आह्वान गरेका हुन् ।

मुलुकको राजनीतिक परिस्थितिले फेरि एकचोटी वा एकताको आवश्कताको महशुस गराएको नेता खनालको भनाइ छ । लामो समयपछि नेकपाका संयोजक पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको उपस्थितिलाई सकारात्मक संकेत भएको भन्दै विचारको स्तरबाट शुरु भएको सहकार्यलाई दीर्घकालीन राजनीतिक एकतामा रूपान्तरण गर्न खनालले आग्रह समेत गर्नुभयो ।

खनालले देशमाथि साम्राज्यवादी र प्रतिक्रियावादी शक्तिहरूले दबाब सिर्जना गरिरहेको दाबी गर्दै त्यसको सामना गर्न वामपन्थी शक्तिहरू एकजुट हुनुको विकल्प नरहेको दाबीसमेत गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय