काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ४ का विश्व नारायण श्रेष्ठले जेहेन्दार विपन्न विद्यार्थीका लागि छात्रवृत्ति प्रदान गर्नुभएको छ । श्रेष्ठले केही वर्ष अघि चन्द्रागिरि वचत तथा ऋण सहकारी संस्थाद्वारा सञ्चालित छात्रवृत्ति कोषमा ५ लाख रुपैयाँ जम्मा गर्नुभएको थियो । सोही कोषबाट हरेक वर्ष आउने ब्याज रकमबाट नगरका पाँच जना उत्कृष्ट तथा जेहेन्दार विद्यार्थीहरूलाई छात्रवृत्ति प्रदान गरिँदै आएको छ ।

शिक्षा क्षेत्रको लगानी भविष्यमा सक्षम जनशक्ति निर्माण गर्ने महत्वपूर्ण आधार भएको उल्लेख गर्दै श्रेष्ठले आर्थिक अभावका कारण कुनै पनि विद्यार्थीको पढाइ प्रभावित हुन नदिन सामाजिक उत्तरदायित्वअन्तर्गत छात्रवृत्ति प्रदान गरिएको बताउनुभयो । श्रेष्ठले आगामी दिनमा पनि शिक्षा, वित्तीय साक्षरतासम्बन्धी सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । शिक्षा नै समृद्ध समाज निर्माणको आधार भएको उल्लेख गर्दै श्रेष्ठले प्रतिभाशाली विद्यार्थीलाई अवसर उपलब्ध गराउनु निजी क्षेत्रको पनि दायित्व रहेको बताउनुभयो ।

निजी क्षेत्रको सक्रिय सहभागितामा सञ्चालन भइरहेको यस्ता कार्यक्रमले शिक्षा क्षेत्रमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै सामाजिक उत्तरदायित्वको उत्कृष्ट अभ्यासका रूपमा स्थानीय समुदायमा उदाहरणीय बनेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय