काठमाडौं । चन्द्रागिरि नगरपालिका वडा नं. ६ स्थित मातातीर्थ संरक्षण तथा विकास संस्थाले मातातीर्थ कुण्ड परिसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना गरेको छ । “रक्तदान जीवनदान“ र “महापुण्यको काम“ भन्ने मूल नारासहित सञ्चालन भएको कार्यक्रममा महिला पुरुष गरी करिव ५० जना रक्तदाताले रक्तदान गरेका थिए ।
संस्थाका अध्यक्ष शान्त उदासले अस्पतालहरूमा रगतको अभाव भइरहेका बेला पर्याप्त रक्त सञ्चिति गर्न तथा मानव सेवाको भावनालाई प्रवद्र्धन गर्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताउनु भयो । स्वस्थ नागरिकले स्वेच्छिक रूपमा रक्तदान गर्दा रगतको अभावमा रहेका बिरामीको जीवन बचाउने अभियानमा सहभागी हुन पाउँदा खुशी लागेको पनि अध्यक्ष उदासको भनाइ छ ।



नेपाल रेडक्रस सोसाइटीको सहयोग, मातातीर्थ संरक्षण तथा विकास संस्थाको आयोजना तथा चन्द्रागिरि नगरपालिका वडा नं. ६ र ८ को समायोजनमा भएको रक्तदानमा स्थानीयवासी, युवा, सामाजिक अभियन्ता तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुको सहभागिता थियो ।



