काठमाडौं । अविरल वर्षाले चन्द्रागिरि नगरपालिका वडा नं. २ नागढुंगामा सडक छेउमा पहिरो गएको छ । केहीदिन अघि मात्र सार्वजनिक जग्गा अतिक्रमण गरि बनाइएका घर टहरा हटाइएको स्थानमा पहिरो गएपछि वडा नं. २ का जनप्रतिनिधि, नेपाल प्रहरी लगायतले नजिकका घर परिवारलाई सुरक्षित स्थानमा सार्ने काम भइरहेको छ ।

पहिरोको उच्च जोखिममा परेको स्थानीय कान्छी पोखरेलको परिवारलाई पुरानो वडा कार्यालयमा सारेको वडा नं. २ का कार्यबाहक वडा अध्यक्ष अनिता बस्नेत गिरीले जानकारी दिनुभयो । कार्यबाहक अध्यक्ष गिरीले सार्वजनिक स्थानका घर टहरा समयमै हटाउँदै मानवीय क्षति जोगिन गएको बताउनुभयो । यसैगरी पहिरोको जोखिमबारे प्रहरीले पनि सडकमा सवारी चालकहरुलाई जानकारी गराउँदै सुरक्षित यात्रा गराइरहेको गिरीले बताउनु भयो ।

स्थानीयहरुले पनि अतिक्रमित स्थान खाली गरिएपछि सडक वेरियर लगाउने क्रममा खाल्डो खन्दा मेसिनको दबावले छेउ कमजोर भएको र पानी परेपछि बग्न थालेको बताएका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय