काठमाडौं । लगातार परेको भारी वर्षापछि काठमाडौं प्रवेश गर्ने मुख्य नाका चन्द्रागिरि–२ नागढुंगा चेकपोस्ट क्षेत्रमा सडक चर्किएको देखिएको छ। सडकमा धाँजा फाटेपछि स्थानीयवासीले सम्भावित जोखिमप्रति चिन्ता व्यक्त गरेका छन्।

स्थानीयका अनुसार केही समयअघि सडकछेउका साना व्यवसायी हटाएर बार लगाउने क्रममा जमिन खन्ने काम गरिएको थियो। त्यसपछि वर्षाको पानी सोही क्षेत्रबाट जमिनभित्र पस्दा सडक कमजोर बनेको हुन सक्ने उनीहरूको भनाइ छ।

वर्षायाममा पहिरोको उच्च जोखिम रहेको क्षेत्रमा पर्याप्त प्राविधिक अध्ययन र दीर्घकालीन योजना बिना काम गरिएको हुन सक्ने भन्दै स्थानीयले सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

उनीहरूले तत्काल प्राविधिक टोलीबाट स्थलगत निरीक्षण गराई सडकको अवस्था, भू–क्षयको जोखिम र सम्भावित क्षतिको मूल्यांकन गर्न माग गरेका छन्। साथै जोखिम देखिए तत्काल संरक्षण, पानी निकास व्यवस्थापन र पहिरो नियन्त्रणका उपाय अपनाउन आग्रह गरेका छन्। यस विषयमा सम्बन्धित सरकारी निकायको आधिकारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय