काठमाडौं । दशरथ रंगशालाको मैदानमा बढेको घाँस र कमजोर व्यवस्थापनबारे विभिन्न सञ्चारमाध्यममा समाचार प्रसारण भएपछि मैदानको घाँस काट्ने काम सुरु गरिएको छ । लामो समयदेखि मैदानको अवस्था सुधार गर्नुपर्ने आवाज उठ्दै आएपनि समयमै ध्यान नदिइएको भन्दै खेल क्षेत्रबाट आलोचना भइरहेको थियो ।

समाचार सार्वजनिक भएपछि सम्बन्धित निकायले रंगशालाको मैदानमा घाँस काट्ने, सरसफाइ गर्ने र व्यवस्थापन सुधार गर्ने काम अघि बढाएको हो । मैदानमा बढेको घाँसका कारण खेल संचालनमा समस्या आउन सक्ने भन्दै तत्काल सुधारको माग गरिएको थियो ।

दशरथ रंगशाला देशकै प्रमुख खेल मैदान भएपनि पछिल्लो समय नियमित मर्मतसम्भार र व्यवस्थापनको अभाव देखिएको भन्दै प्रश्न उठ्दै आएको थियो । अब मैदानलाई खेल संचालनका लागि उपर्युक्त अवस्थामा राख्न नियमित हेरचाह गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय