काठमाडौं – विश्व युवा दिवसको अवसरमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चन्द्रागिरि नगर समितिको आयोजनामा तथा चन्द्रागिरि–१५ वडा समितिको संयोजनमा सम्पदा संरक्षण तथा सरसफाइ कार्यक्रम सम्पन्न भएको छ। चन्द्रागिरि नगरपालिका–१५ स्थित ऐतिहासिक विष्णुदेवी मन्दिर परिसरमा आयोजित कार्यक्रममा मन्दिर तथा आसपासका क्षेत्रमा सरसफाइ गरिएको थियो।

कार्यक्रममार्फत ऐतिहासिक तथा धार्मिक सम्पदाको संरक्षण, प्रवर्द्धन र महत्वबारे स्थानीयस्तरमा जनचेतना अभिवृद्धि गर्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। युवाहरूको सहभागितामा सम्पन्न कार्यक्रमले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा समुदायको भूमिका महत्वपूर्ण हुने सन्देशसमेत दिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय