नेपाली परम्परागत तथा सांस्कृतिक बाजा ‘नायः खिं’ को संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले काठमाडौंको चन्द्रागिरिमा उपत्यकाव्यापी ‘दोस्रो चन्द्रागिरि नायः खिं बाजा प्रदर्शन तथा प्रवर्द्धन २०८३’ आयोजना हुने भएको छ।

‘एक यात्रा नयाँ सुरुवातको’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस कार्यक्रमको आयोजक व्हाइट क्रिएसन ग्रुप (White Creation Group) रहेको छ भने चन्द्रागिरि नगरपालिका वडा नं. १० ले सहकार्य गरेको छ।

कार्यक्रमसम्बन्धी मुख्य विवरणहरू:

 मिति: २०८३ असोज १७ गते, शनिवार

 समय: बिहान ९:०० बजेदेखि

 स्थान: बुद्ध मन्दिर प्राङ्गण, बोसीगाउँ (चन्द्रागिरि वडा नं. १०)

 मुख्य उद्देश्य: काठमाडौं उपत्यकाभित्रका मौलिक नेवारी संस्कृति र परम्परागत बाजा ‘नायः खिं’ को प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्नु।

उपत्यकाव्यापी रूपमा सञ्चालन हुने यस कार्यक्रममा काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट आएका बाजा खलः तथा कलाकारहरूले नायः खिं बाजाका साथै विभिन्न परम्परागत धुनहरू प्रस्तुत गर्नेछन्। स्थानीय संस्कृति, कला र मौलिकता जोगाउन यस्ता कार्यक्रमले ठूलो योगदान पुर्‍याउने विश्वास आयोजकले लिएको छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय