काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आह्वान गर्नुभएको सर्वदलीय बैठक सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा सुरु भएको छ।  बैठकमा विभिन्न राजनीतिक दलका शीर्ष नेता तथा प्रतिनिधिहरूको उपस्थिति रहेको छ।

बैठकका मुख्य एजेन्डाहरू:

उच्चस्तरीय राजनीतिक संयन्त्रस् विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन तथा राहत कार्यलाई प्रभावकारी बनाउन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्ने विषयमा छलफल भइरहेको छ।
विपद् व्यवस्थापनस् मुलुकमा हालै गएको बाढी, पहिरो र प्राकृतिक विपद्‌बाट उत्पन्न परिस्थिति, उद्धार, र पुनर्स्थापनाका उपायहरूबारे दलहरूबीच समन्वय बढाउन छलफल केन्द्रित छ।
रास्वपा प्रवक्ता जगदीश खरेलका अनुसार देशमा आइपरेको विपद्को सामना गर्न र राष्ट्रिय महत्वका समसामयिक राजनीतिक विषयमा साझा सहमति निर्माण गर्न यो बैठक बोलाइएको हो।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय