कार्यक्रमको तयारीबारे जानकारी गराउन आयोजकले पत्रकार भेटघाटसमेत गरेको छ। भेटघाटमा प्रतियोगिताको उद्देश्य, सहभागिता, तयारी, व्यवस्थापन तथा कार्यक्रमको स्वरूपबारे जानकारी दिइएको थियो।आयोजकका अनुसार प्रतियोगितामा चन्द्रागिरि नगरपालिकाभित्रका विभिन्न स्थानबाट बाँसुरी वादक तथा सांस्कृतिक समूहको सहभागिता रहनेछ। प्रतियोगितासँगै विभिन्न सांस्कृतिक प्रस्तुति पनि राखिने भएका छन्।
विशेषगरी नेवारी मौलिक संस्कृति, परम्परागत बाजागाजा र सांस्कृतिक सम्पदाको संरक्षण गर्दै नयाँ पुस्तालाई मौलिक संगीतसँग जोड्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको आयोजकले जनाएको छ। परम्परागत कला तथा संगीतको पुस्तान्तरणमा समेत प्रतियोगिताले योगदान पुर्याउने आयोजकको अपेक्षा छ।प्रतियोगितामा सहभागी हुन आयोजकले २ हजार ५ सय रुपैयाँ दर्ता शुल्क तोकेको छ। प्रतियोगितामा प्रथम हुने समूहले ७५ हजार, द्वितीयले ५० हजार र तृतीय हुने समूहले २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, दुई वटा खलःरपुचःलाई सान्त्वना पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ।



स्थानीय मौलिक बाजागाजा तथा संगीतप्रति नयाँ पुस्ताको रुचि बढाउने र पुस्तौँदेखि चलिआएको सांस्कृतिक परम्परालाई निरन्तरता दिने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकको भनाइ छ।कार्यक्रमका लागि आवश्यक तयारी तीव्र पारिएको आयोजकले जनाएको छ। प्रतियोगितामा स्थानीय कलाकार, सांस्कृतिक समूह तथा बाँसुरी वादकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।आयोजकले कार्यक्रमलाई प्रतियोगितामा मात्र सीमित नराखी स्थानीय कला, संस्कृति, परम्परागत संगीत र बाजागाजाको संरक्षण तथा प्रवर्द्धन गर्ने साझा सांस्कृतिक मञ्चका रूपमा अघि बढाउने जनाएको छ।



