दसैँ मनाउन काठमाडौं उपत्यकाबाट घर गएका सर्वसाधारण राजधानी फर्किन थालेपछि उपत्यका प्रवेश गर्ने नाकाहरूमा यात्रु तथा सवारीसाधनको चाप बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार नागढुंगा–कलंकी, जडीबुटी–कोटेश्वर, तीनपिप्ले, भक्तपुरको जगाती, भट्टेडाँडा तथा दक्षिणकाली–फर्पिङ सडकखण्डमा सवारी आवागमन बढेको छ। दसैँको टीका र आशीर्वाद ग्रहण गरी राजधानी फर्किनेहरूको संख्या बढेसँगै मुख्य नाकाहरूमा चहलपहल बढेको हो।

सवारी चाप व्यवस्थापन तथा यात्रालाई सहज बनाउन ट्राफिक प्रहरी परिचालन गरिएको छ। सम्भावित जाम कम गर्न र सडक दुर्घटनाको जोखिम न्यूनीकरण गर्न निगरानीसमेत बढाइएको ट्राफिक प्रहरीले जनाएको छ।

ट्राफिक प्रहरी कार्यालयका अनुसार घटस्थापना अर्थात् अक्टोबर ११ देखि अक्टोबर २० सम्म ७९ हजार ६७६ वटा सवारीसाधनमार्फत ५ लाख ७६ हजार ५७८ जना काठमाडौं उपत्यकाबाट बाहिरिएका थिए। उनीहरू दसैँ मनाउन विभिन्न जिल्ला गएका थिए।

दसैँ बिदा सकिएसँगै राजधानी फर्किने यात्रुको चाप अझै बढ्न सक्ने भएकाले यात्रुहरूलाई यात्रा गर्नुअघि सडकको अवस्था बुझ्न र ट्राफिक नियम पालना गर्न आग्रह गरिएको छ।
सवारीसाधनको चापलाई व्यवस्थित गर्दै यात्रुलाई सुरक्षित रूपमा गन्तव्यसम्म पुर्‍याउन ट्राफिक प्रहरीले मुख्य प्रवेश नाकाहरूमा निगरानी तथा व्यवस्थापनलाई तीव्रता दिएको छ।

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय