काठमाडौं । जेठ ३ गते मदन भण्डारी र जीवराज आश्रितको ३०औं स्मृति दिवस । नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको निधन भएको दिन आज ।
चितवनमा जीप दुर्घटना परी दुवै नेताको निधन भएको दिनको सम्झनामा देशैभर विभिन्न कार्यक्रमको आयोजना गरी उनीहरुको सम्झाना गरिंदै छ । नेकपा एमाले पार्टीको केन्द्रीय कार्यालय, मातहतका कमिटी र भातृ सङ्गठनले मदन–आश्रितको सम्झनामा विभिन्न कार्यक्रम गर्दैछ ।
‘बुलेट’ बाट होइन, ‘ब्यालेट’ बाट सत्ता कब्जा गर्नुपर्छ भन्ने नयाँ कम्युनिस्ट मान्यता स्थापित गराउन खोज्ने नेताको रुपमा उनीहरुलाई लिइने गरिन्छ । ‘जनताको बहुदलीय जनवाद’ सिद्धान्तका प्रतिपादक नेताको रूपमा मदन भण्डारीलाई लिइने गरिन्छ । २०५० जेठ ३ गते दासढुंगामा उनीहरुको जीप दुर्घटना मृत्युभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय