युक्रेनको बाख्मत शहर पुरै नियन्त्रणमा आएको दावी रुसी वाग्नर समूहले गरेको छ । युक्रेनमा रुसको तर्फबाट लड्दै आएको निजी सैनिक समूह वाग्नर समूहका प्रमुख येभ्गेनी प्रिगोजिनले शनिबार मध्यान्ह लडाकुले शहर कब्जा गरेको बताएका हुन । बाख्मतलाई पुरै नियन्त्रणमा लिन २ सय २४ दिन लागेको उनले उल्लेख गरेका छन ।
वाग्नर समूहका प्रमुख ले यस अघि पनि बाख्मत कब्जामा आईसकेको घोषणा गर्ने गरेका थिए । उनको भनाइको स्वतन्त्र पुष्टि हुन बाँकी छ । युक्रेनले भने वाग्नर समूहको दावीलाई अस्वीकार गर्दै युद्ध जारी रहेको जनाएको छ । युक्रेनी उपरक्षा मन्त्री गन्ना मल्यारले बाख्मतका केही औद्योगिक क्षेत्रमा युक्रेनी लडाकुहरु बाँकी रहेको बताएका हुन । बाख्मतमा अवस्था संवेदनशील रहेकोे सेना बाख्मतको भूमिमा अहिले पनि लडिरहेको उनको भनाइ छ ।






