काठमाडौं । मलेसियामा हुने टी–२० अन्तर्राष्ट्रिय श्रृंखलाका लागि नेपाली राष्ट्रिय महिला क्रिकेट टोलीको घोषणा भएको छ । बिहीबार नेपाल क्रिकेट संघ क्यानले रुविना क्षेत्रीको कप्तानीमा १४ जना टोलीको घोषणा गरेको हो ।

टीममा स्पिनर कृतिका मरासिनी, तीब्र गतिकी बलर ईश्वरी विष्ट र ब्याटर सम्झना खड्का पहिलो पटक टोलीमा समावेश गरिएको छ । करिब एक वर्षपछि नेपाली महिला क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट खेल्न लागेको हो । रुविना क्षेत्री कप्तान, ईश्वरी विष्ट, इन्दु बर्मा, कविता कुवँर, कृतिका मरासिनी, कविता जोशी, अश्मिना कर्माचार्य, विन्दु रावल, अप्सरी बेगम, सीता राना मगर, काजोल श्रेष्ठ, सम्झना खड्का, ज्योति पाण्डे र सरस्वती चौधरी टीममा रहेका छन् । टीमको प्रशिक्षकमा सामसनजङ थापा रहेका छन् । खेल मे २९ देखि जुन ४ सम्म हुनेछ ।

यसअघि नेपालले मलेसियामा गत वर्ष जुन १७ देखि २५ सम्म एसीसी महिला टी–ट्वान्टी च्याम्पियनसीप खेलेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय