राष्ट्रिय सभाका सांसद एवं पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले आफू नेकपा (एमाले) मा प्रवेश गर्न तयार बताएका छन् ।एमालेले पार्टीको कार्यकारी पदका लागि ७० वर्षे उमेरहद निलम्वन गर्ने निर्णय गरेपछि एमालेका पूर्व उपाध्यक्ष समेत रहेका गौतमले आफूसँग रहेका साथीसहित आफू एमालेमै फर्कन तयार रहेको प्रतिक्रिया दिएका हुन् । बुधवार अपरान्ह संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले एमाले पर्किनका लागि अध्यक्ष केपी ओलीले आफूलाई प्रश्ताव भने गर्नुपर्ने बताए ।

नेता गौतमले आफूले निर्माण गरेको पार्टी भएकाले एमालेको माया लाग्ने बताउँदै आफू अध्यक्ष वा महासचिव बन्नका लागि एमालेमा जान नलागेको पनि जिकिर गरे । त्यस्तै, एमाले अध्यक्ष ओलीले पनि गौतमको पार्टी सदस्यता एमालेमै रहेको बताए । अध्यक्ष ओलीले केही समय पार्टी एकता अभियान चलाएका नेता गौतमको एमालेमा जान्छु भन्ने भनाई ठिक भएको प्रतिक्रिया दिए ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय