रास्वपाका सभापति रवि लामिछानेले प्रतिनिधि सभा बैठकमा आफ्नो पार्टीका सांसदहरुको केही दिन यताको बहस अमर्यादित भएको भन्दै माफी मागेका छन । आजको प्रतिनिधि सभा बैठकमा उनले संसदमा भएका छलफलबाट आफू लज्जित भएको बताएका हुन । सभापति लामिछानेले प्रतिनिधि सभा बैठकमा राँगा र भैँसीको विषयमा गफ गरेर पाँच वर्ष बिताएमा गोबर बाहेक केही पनि नपाउने बताए ।
आफुहरु जन्मसिद्ध नागरिकहरुले नागरिकता पाउनुपर्छ भन्ने पक्षमा रहेको उल्लेख गर्दै सभापति लामिछानले नागरिकता विधेयक संसदमा छलफल हुनुपर्ने र आफूहरु छलफलमा भाग लिन पाउनुपर्ने पक्षमा रहेकोपनि बताए । विदेशमा भएका नेपालीलाई मताधिकार दिने विषय सरकारको प्राथमिकतामा नपरेकोमा समेत उनले चिन्ता प्रकट गरे ।



सभापति लामिछानेले हचुवाको भरमा बजेट निर्माण भएको टिप्पणी गरे । गोरखा, नुवाकोट र डडेलधुरामा मात्रै विकास बजेट गएको समाचारहरु बाहिरिएको भन्दै यस सम्बन्धमा अर्थमन्त्रीले जवाफ दिनुपर्ने उनेको भनाइ छ ।



