काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव जनार्दन शर्माले एमाले अध्यक्ष ओलीले बजेटबारे दिएको अभिव्यक्ति पूर्वाग्राही र प्रतिशोधपूर्ण रहेको बताउनु भएको छ ।
प्रतिनिधिसभा बैठकमा बजेटमाथिको छलफलमा शर्माले बजेटलाई राजनीतिक रंग दिएर हेर्ने काम वस्तुनिष्ठ हुनै नसक्ने उल्लेख गर्नुभयो । सरकारले ल्याएको बजेटलाई ओलीले शून्य अंकको मूल्यांकन गर्नुभनेको सत्ताबाट विमुख हुनुपर्दाको पूर्वाग्राही र प्रतिशोधबाट प्रेरित भएको शर्माका तर्क थियो । उहाँले आगामी १० वर्षको बजेटको वस्तुनिष्ठ समीक्षा गर्नका लागि उच्चस्तरीय आयोग बनाउन प्रस्तावसमेत गर्नुभयो । बजेटको सही मूल्यांकन गर्न सक्ने र मुलुकमा विद्यमान आर्थिक संकट समाधान गर्न सकिने बताउनु भयो ।



शर्माले मुलुकको अर्थतन्त्रमा देखिएका समस्या समाधानका लागि अन्तर्राष्ट्रिय क्षेत्रका स्वतन्त्र विज्ञहरुको सहयोग लिनुपर्ने सुझाव दिनुभयो ।



