जनमत पार्टीका अध्यक्ष डाक्टर सिके राउतले मधेस आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको तयारी भइरहेको बताएका छन् । शनिबार वीरगन्जमा आयोजित बृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष रासतले विगतमा भएका मधेस आन्दोलनमा मधेसी नेताहरुले गद्धारी गरेका कारण मधेसका माग पुरा हुन नसकेको बताए । उनले मधेश आन्दोलनका माग प्राप्तिका लागि फेरि आन्दोलनको विकल्प नभएको पनि स्पष्ट पारे ।
अध्यक्ष राउतले जनमतले गर्ने आन्दोलनले आँधी तुफानको रुप लिने र त्यसले राज्यका शासकबाट मधेसका अधिकार खोसेर लिने दाबी पनि गरे । उनले मधेसका अरु मधेसी पार्टी जस्तो सत्ता र पदको लोभी जनमत पार्टी नभएको जिकिर समेत गरे ।






