ताप्लेजुङ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाको मेहेलेमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जना बेपत्ता छन् । पहिरोले यादव बुढाथोकीको घर बगाएको हो ।
बेपत्ता हुनेमा उहाँकी श्रीमती भगीमाया, बुहारी सन्ध्या र नाति प्रज्वल रहेका छन् । सोही ठाउँका भरत तामाङसमेत बेपत्ता भएका छन् । तामाङको घर खोला छेउमा भएकोले ठूलो पानी परेपछि आमाबुबालाई सुरक्षित क्षेत्रमा सारेर घर फर्किने क्रममा बेपत्ता भएका हुन् । बाढी र पहिरोले केही घर बगाएको छ ।




यस्तै गएराति अविरल वर्षासँगै आएको बाढीले पाँचथरमा एक जनाको मृत्यु भएको छ । हेवा खोलामा आएको बाढीले १६ जना बेपत्ता भएका छन् । चैनपुर नगरपालिका–४ र पाँचखपन नगरपालिका–९ मा गएको पहिरोले खोला थुनिएपछि बस्तीमा बाढी आएको हो । बाढीले पाँचखपन र चैनपुर जोड्ने निर्माणाधीन मोटरेबल पुल पनि बगाएको प्रहरीले जनाएको छ ।



