काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारले चित्त बुझ्ने गरी काम नगरे गठबन्धनको विकल्प खोजिने बताउनु भएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा महामन्त्री थापाले गठबन्धनले सहि ढंगले काम नगरे गठबन्धन फेर्न सकिने बताउनु भयो । उहाँले सरकारको लागि कांग्रेसले चुनावअघि नै गठबन्धन गर्नु गलत भएको उल्लेख गर्नुभयो । उहाँले सरकार सरकारबाट बाहिरिनु परेपनि नडराइकन एक्लाएक्लै चुनाव लड्न कांग्रेसले आँट गर्न सक्नुपर्ने बताउनु भयो । महामन्त्री थापाले चुनाव अघि गठबन्धन फेरिनु र नयाँ सरकार बन्नु कुनै नौलो कुरा नभएको स्पष्ट पार्नुभयो ।



महामन्त्री थापाले समाजवादी मोर्चामा एमाले पनि थपिएर कम्युनिष्टहरू एकै ठाउँमा भएपनि कांग्रेसलाई फरक नपर्ने बताउनु भयो । उहाँले संसदमा समानुपातिक निर्वाचन प्रणाली नराख्न आग्रह गर्नुभयो ।



