काठमाडौं । आर्थिक वर्ष २०८०-०८१ का लागि ७ सय ५३ स्थानीय तहले आज बजेट सार्वजनिक गर्दैछ ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ र अन्तर सरकार वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ मा प्रत्येक वर्ष असार १० गतेभित्र आर्थिक वर्षको राजश्व र व्ययको अनुमान बजेट स्थानीय तहले सम्बन्धीत गाउँ वा नगर सभामा पेस गर्नुपर्ने व्यवस्था छ । स्थानीय तहको आगामी आ.व. २०८०-०८१ का लागि १२ स्थानीय तहले बजेट पेस गरिसकेका छन् । आज ७ सय ४१ स्थानीय तहले बजेट पेस गर्दैछन् ।

असार १० गतेभित्रै सबै स्थानीय तहले नीति तथा कार्यक्रम ल्याउनुपर्ने र असार मसान्तसम्म बजेट पारित गर्नुपर्ने कानुनी व्यवस्था छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय