काठमाडौं । संघीय संसद अन्तरगत प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । बिहान ११ बजे बस्ने बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेको प्रश्नको मन्त्रीहरुले जवाफ दिने भएका छन् ।
आजको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन, रक्षा, संघीय मामिला तथा सामान्य प्रशासन, स्वास्थ्य तथा जनसंख्या, परराष्ट्र, ऊर्जा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा, जलस्रोत तथा सिंचाइ र खानेपानी मन्त्रालयको बजेट शीर्षकमाथि मन्त्रीहरुले जवाफ दिने छन् ।
आइतबार बसेको बैठकमा वन तथा वातावरण, गृह, युवा तथा खेलकुद, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक, शहरी विकास, उद्योग, यातायात र सञ्चार तथा सूचना प्रविधि तथा वाणिज्य तथा आपूर्ति, भौतिक पूर्वाधार मन्त्रालयको बजेटमाथि मन्त्रीहरुले जवाफ दिएका थिए ।






