सिन्धुली । कथित तपस्वी भनिने रामबहादुर बम्जनकाे सिन्धुलीमाडीकाे पहिरेमा अवस्थित आश्रममा स्थानीय प्रशासनले आज खानतलासी गरेकाे छ । हत्या,अपहरण र मानव बन्धकलगायतका सरकारवादी मुद्दामा फरार सूचीमा रहेका कथित तपस्वी बम्जनकाे आश्रममा सिन्धुली प्रशासनले हातहतियार खरखजानाकाे समेत खानतलासी गरेकाे सिन्धुली प्रहरी प्रमुख राजकुमार सिल्वालले बताए ।

प्रशासनकाे अगुवाईमा भएकाे खानतलासिमा कमलामाई नगरपालिका,नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयकाे सहभागिता थियाे । बम्जनमाथि सिन्धुलीकाे पहिरेस्थित साे आश्रममा आसपासमा रहेकाे वन क्षेत्र अतिक्रमण गरेकाे , स्थानीयकाे सन्दिसर्पण ओगटेको, बाटाेघाटाे बन्द गरेकाे समेत आराेप छ । कथित तपस्वी रामबहादुर बम्जनकाे आश्रमकाे खानतलासीका क्रममा उनी भने फेला परेका थिएनन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय