काठमाडौं । असार महिनाको दोस्रो साता लागेपछि स्थानीय तहमा बिकासको कामले ठूलो गति लिन थालेको छ । काठमाडौंको चन्द्रागिरि नगरपालिका भित्र सतह ढल र सडक ढलान गर्ने काम भइरहेको छ ।

चन्द्रागिरि नगरपालिका वडा नम्बर ६ चपलि चोक बुंगाखेल ढल ब्यवस्थापन समिति अन्तर्गतको काम भइरहेको नगरपालिकाले जनाएको छ । नगरपालिकाबाट ढलको योजना परेपछि यस क्षेत्रका स्थानीय बासिन्दालाई भने सहज हुने टोल विकास समितिले जनाएको छ ।

१८ लाख ५३ हजार ७ सय २५ रूपैयाँ ६९ पैसाको आयोजनामा नगरपालिकाको तर्फबाट १४ लाख ७७ हजार ५ सय बजेट र स्थानीय जनसहभागिता ३ लाख ७६ हजार २ सय २५ रूपैयाँ ६९ पैसा रहेको योजना गत वर्ष चैत ३० गते सुरु भइ बैशाख ३० गते सम्पन्न गर्ने सम्झौता भएको भएपनि निर्माण कामको जिम्मेवारी उपभोक्ता समितिले काम समयमा सुरु नगर्दा काम असार मसान्त समाप्त हुने बेला सुरु भएको देखिन्छ ।

स्थानीय तहले असारे विकास भरपर्दो र दिगो नहुने भन्दै बैशाख मसान्तसम्म सबै खालको विकास सम्पन्न गर्ने नीति बनाएको भएपनि त्यो ब्यवहारिक रूपमा लागू गराउन नसक्दा अहिले पनि असारको झरिमा हतारहतारमा काम सक्ने अनि बजेट सक्ने कामको क्रम भने जारी रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय