काठमाडौं । संघीय संसदको दुबै सदनको बैठक बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने छ ।
बैठकमा नेपाल विश्वविद्यालय विद्येयक २०८० को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विद्येयक टेबुल गरिने छ ।
कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकीसंहिता सम्बन्धी विद्येयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेश गर्नुहुने छ । विद्येयकमाथि छलफल भएपछि संशोधनको निणयार्थ प्रस्तुत हुनेछ । विद्येयक आजै पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।



यस्तै राष्ट्रिय सभाको बैठक पनि बस्दै छ । बैठक दिउँसो साढे दुई बजे बस्ने छ । बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत रूपमा छलफल हुँदैछ । सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय, परराष्ट्र मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र खानेपानी मन्त्रालयमाथि छलफल हुनेछ ।



