प्रतिनिधिसभाको बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । संसद् सचिवालयले सूचना टाँस गरेर बैठक भोलिसम्मका लागि बैठक स्थगित भएको जनाएको हो । आज तीन बजेका लागि बोलाइएको बैठक भोलि सोमबार दिउँसो ३ बजेका लागि स्थगित गरिएको हो ।

प्रधानमन्त्री पुष्पकमल दाहालको आग्रहमा बैठक भोलीसम्मलाई स्थगित गरिएको हो । आज प्रमुख दलविच छलफलपछि प्रधानमन्त्रीले आफ्नो अभिव्यक्ति सच्याउने प्रतिबद्धता जनाएका थिए । त्यसपछि अध्यक्ष ओली संसद खोल्न तयार भएका थिए ।

प्रधानमन्त्री दाहालले हालै दिएको एक अभिव्यक्तिलाई लिएर एमालेले संसद् अवरुद्ध गरिरहेको छ । एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै संसद् अवरोध गर्दै आएको छ । अवरोधका कारण मिटरब्याज पीडितलाई न्याय दिनका लागि अगाडि बढाइएको विधेयक निष्क्रिय भएको छ । महत्वपूर्ण विधेयकसमेत अगाडि बढ्न सकेका छैनन ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय