पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको एउटा ट्रक सप्तकोसीमा खसेर बेपत्ता भएको छ । विहान पौने आठ बजेको पूर्वबाट पश्चिमतर्फ जादै गरेको मे १ ख १७६५ नम्बरको बस र पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे १ ख ३००७ नम्बरको ट्रक एक आपसमा ठोकिँदै सुनसरीतर्फ पर्ने कोशी ब्यारेजको ९ र १० ढोकाबाट ट्रक कोसीमा खसेको हो ।

सप्तकोसी नदिमा खसेको ट्रकबाट ड्राइभरसहित अन्यको उद्धार गरिएको थियो । ट्रकमा मानवीय क्षति नभएपनि ट्रक पानीमा डुबेर नदेखिएको बताइएको छ । डुबेको ट्रकको खोजी भैरहेको प्रहरीले जनाएको छ ।।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय