काठमाडौं । प्रधानमन्त्री कप महिला तथा पुरुष राष्ट्रिय भलिबलका फाइनल खेल हुँदैछ ।
महिलातर्फको उपाधिका लागि नेपाल एपीएफ र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदैछ । पुरुषतर्फको उपाधिका लागि हेल्प नेपाल र नेपाल पुलिसबीच प्रतिस्पर्धा हुँदैछ । एपीएफ र पुलिसबीचको खेल त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् राखेपको कभर्डहलमा सवा १२ बजे हुनेछ । पुलिस पाँचै खेलमा अपराजीत हुँदै १५ अंकसहित शीर्ष स्थानमा रहँदै फाइनलमा पुगेको छ । एपीएफ भने पाँच खेलमा चार जीत निकालेर दोस्रो स्थानमा छ ।



यस्तै पुरुषतर्फको उपाधिका लागि दिउँसो ३ बजे हेल्प नेपाल र नेपाल पुलिसबीच त्रिपुरेश्वरमा प्रतिस्पर्धा हुँदैछ । पहिलो हुने दुबै विजेता टोलीले ६ लाख, दोस्रो हुनेले ३ लाख, तेस्रो हुनेले एक लाख ५० हजार र चौथो हुने टोलीले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।



