काठमाडौँ । त्रिभुवन विमानस्थलबाट बाहिरिएको करिब १ सय किलो सुनबारे छानबिन गर्न भन्सार विभागले समिति गठन गरेको छ । भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेलले अनुसन्धान शाखाका निर्देशक मानबहादुर पौडेललको संयोजकत्वमा बिहीबार समिति गठन गर्नुभएको हो ।
त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारीको संलग्नताबारे अनुसन्धान गर्न ७ सदस्यीय समिति गठन गरिएको भन्सार विभागले जानकारी दिएको छ । समितिलाई भन्सारका कर्मचारीको संलग्नताबारे छानविन गर्ने कार्यादेश समेत दिइएको छ ।






