काठमाडौं । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल निरीक्षण गर्नुभएको छ । गृहमन्त्रीसँगै प्रहरी महानिरीक्षक वसन्त कुँवर पनि विमानस्थल पुग्नुभएको छ । निरीक्षणमा भन्सार विभागका महानिर्देशक शोभाकान्त पौडेल र अध्यागमन विभागका महानिर्देशक झलकराम अधिकारी पनि गृहमन्त्री श्रेष्ठसँगै विमानस्थल पुगेका थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो सुन बुधवार साँझ विमानस्थल भन्सार कार्यालय बाहिरबाट राजस्व अनुसन्धान विभागले बरामद गरेर अनुसन्धान गरिरहेको छ । असार ३० मा हङ्कङ्कबाट काठमाडौं ल्याइएको उक्त सुन् ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट खुल्न आएको छ ।



क्याथे प्यासेफिकको उडान मार्फत आएको ‘सुन’ मोटरसाइकल र स्कुटरको ‘ब्रेक सु’ भनेर मगाएको भेटिएको छ । सुन तस्करी गरेको आरोपमा राजस्व अनुसन्धान विभागले चिनियाँ नागरिक जी क्वाङ लिन सहित १० जनालाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ भने दुई जना कर्मचारीलाई निलम्बन गरेको छ ।



