भारतको पश्चिमी राज्य महाराष्ट्रको एउटा गाउँमा भीषण पहिरो जाँदा २० जनाको मृत्यु भएको छ । बाढीमा अझै एक सयभन्दा बढी फसेका छन् । रायगड जिल्लाको इर्शलवाडी गाउँमा बुधबार राति पहिरो खसेको थियो र धेरै घरहरू भासिएका थिए । बिहीबार राति भीषण वर्षाका कारण अवरुद्ध भएपछि उद्धार कार्य भने सुचारु भएको छ ।

अधिकारीहरूका अनुसार प्रकोपस्थल पहाडको टुप्पोमा रहेको र कठिन भू–भागका कारण उद्दार कार्यमा समस्या भइरहेको छ । पहिरामा कम्तीमा एक सय पाँच जनाभन्दा अझै बेपत्ता रहेको महाराष्ट्र सरकारले जनाएको छ ।

भारतका धेरै राज्यहरूमा विगत दुई सातादेखि भारी वर्षा भइरहेको छ, जसले बाढी र पहिरो निम्त्याएको छ । भारतको मौसम विभागले रायगड जिल्ला सहित महाराष्ट्र राज्यका केही भागहरूमा आगामी केही दिनसम्म भारी वर्षा जारी रहने जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय