साताको अन्तिम कारोबारका दिन शेयर बजार परिसूचक नेप्से २९ दशमलव ७१ अंकले घटेको छ । मौद्रिक नीति आएपछिको पछिल्ला तीन कारोबारका दिनदेखि निरन्तर ओरालो लागिरहेको नेप्से आज पनि घटेर २१२६.४८ विन्दुमा झरेको हो ।

बिहीबार सेन्सेटिभ इण्डेक्स ५.२६, फ्लोट इण्डेक्स १.९५ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.६६ अंकले घटेको छ । आज २७१ कम्पनीको ६२ लाख ७१ हजार कित्ता शेयर २ अर्ब ४२ करोड ५७ लाख रुपैयाँमा किनबेच भएको छ । आज एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको इकाई मूल्य सर्वाधिक ७.३९ प्रतिशत बढेको छ ।

त्यसैगरी, मनकामना स्मार्ट लघुवित्त, इमर्जीङ्ग नेपाल र अभियान लघुवित्तको शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ । आज कारोबारमा आएको किसान लघुवित्तको शेयरमूल्यमा सर्वाधिक ८.६८ प्रतिशत घटेको गिरावट आएको छ । आज १३ वटै उपसमूहको परिसूचक घटेका छन् । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.६५ प्रतिशत, वित्त, होटल तथा पर्यटन र अन्य उपसमूहको परिसूचक २ प्रतिशतभन्दा बढीले घटेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय