काठमाडौं । इटलीको सातदिने भ्रमण सकेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्किदै हुनुहुन्छ ।

संयुक्त राष्ट्रसंघ, खाद्य तथा कृषि संगठनले रोममा आयोजना गरेको ‘फुड सिस्टम समिट प्लस टू’मा सहभागी भई प्रधानमन्त्री दाहाल स्वदेश फर्कन लाग्नु भएको हो । भ्रमणका क्रममा प्रधानमन्त्री दाहालले ‘फुड सिस्टम समिट’लाई सम्बोधन गर्नुभएको थियो ।

रोममा रहँदा विश्व खाद्य तथा कृषि संगठनका महानिर्देशक क्यू डोङग्यू तथा इन्टरनेसनल फण्ड फर एग्रिकल्चर डेभलपमेन्ट (आईएफएडी) का प्रमुख एल्भारो लाइरोले प्रधानमन्त्री दाहालसँग बेग्ला–बेग्लै भेटवार्ता गरेका थिए । प्रधानमन्त्री दाहालले बङ्गलादेशी समकक्षी शेख हसिनासँग भेटेका थिए । नेपाली टोलीको नेतृत्व गर्दै प्रधानमन्त्री दाहाल साउन ६ गते रोम जानुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय