भन्सार छलेर ल्याइएको आशंकामा प्रहरीले पक्राउ गरेको गाडि र सामान आवस्यक अनुसन्धानका लागि राजश्व कार्यालय इटहरी बुझाएका छ। मेचीनगर–६ स्थित ट्राफिक पोष्ट छेउबाट कन्टेनर नियन्त्रणमा लिएको छ ।ना ६ ख ४९०२ नम्बरको नेपाली प्लेटको कन्टेनरबाट इलाका प्रहरी कार्यालय काँकरभिट्टाले शुक्रबार राति ७ वजे बाजा बजाउने झाम्टा, हुक्का तान्ने सामानको सिसा, साबुनसहित कन्टेनर नियन्त्रणमा लिएको हो ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय करभिट्टाबाट खटिएको प्रहरी टोलीले मेची भन्सार कार्यालय परिसरबाट ५०० मिटर पश्चिम ट्राफिक पोष्ट छेउमा उक्त सामानहरुसहित कन्टेनर नियन्त्रणमा लिएको इप्रकाका डीएसपी दिपक भारतीले जानकारी दिए ।

चेकजाँचका क्रममा सो समानहरुको भन्सार तिरेको रसिद नभएको र चालक फरार रहेकोले गाडी नियन्त्रणमा लिइएको उनले बताए ।नियन्त्रणमा लिइएका कन्टेनरमा ७२ हजार मुल्यको कोको जिल ६० कार्टुन, २० लाखको अफजल फेलेवर ८० कार्टुन, ७३ लाख ९५ हजार बराबरको दुई हजार ४ सय ६५ केजी काँसको झाम्टा र १२ हजार ५ सयको २५ कार्टुन बारबरको लुगाधुने तेलीफोन साबुन कन्टेनरमा रहेको प्रहरीले जनाएको छ ।

१ करोड १ लाखको सामान र २० लाखको गाडीसहित १ करोड २१ लाख २७ हजार ५ सय मुल्य राखि आवश्यक कारवाहीका लागि राजस्व अनुसन्धान कार्यालय इटहरीलाई बुझाउन पठाइएको डीएसपी भारतीले बताए ।मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मीले भन्सारबाट निस्किएको सामान सहितको कन्टेनर भन्ने थाहा नभएको बताए । प्रहरीले बाहिर कन्टेनर नियन्त्रणमा लिएको जानकारी भएको बताए ।

‘सामान के के छन् थाहा भएन’ भन्सार प्रमुख रेग्मीले भने–‘कन्टेनर भित्रको काँसको झाम्टाको भन्सार गरेको छ भन्ने सुनेको छु । अन्य सामानको थाहा भएन । कन्टेनर भन्सारबाट बाहिरिएको नभइ ढुवानी ट्रान्सपोर्टेसनको हुनसक्छ । भन्सार प्रमुख रेग्मी अहिले विदामा रहेका छन् ।मेची भन्सार कार्यालयका निमिक्त प्रमुख पूर्ण लम्सालले सामान सहितको कन्टेनर प्रहरीले नियन्त्रणमा लिएको बुझेको बताए । तर, उक्त सामानहरु भन्सार गरेको वा नगरेको विषयमा जानकारी नभएको बताए ।

साउन १ गतेदेखि लागू हुने गरी १०० सय रुपैयाँ भन्दा बढीको सामानको भन्सार लाग्ने भनेर राज्यले कानून लगाउने तर ठुला कन्टेनर चाहिँ भन्सार आसपास विना भन्सार गरेको गाडी भेटिनु कतिको जायज हो भनेर स्थानीयबासीले प्रश्न गरेका छन् ।१ लाख ५६ हजार रूपया राजश्व तिरेर भन्सार परिसरबाट निस्केको कन्टेनर प्रज्ञापनमा काँकरभिट्टा बजार उल्लेख छ। भन्सार परिसरबाट बाहिर निस्केको गाडिमा के -के सामान हालेको छ, त्यसको अनुसन्धान सम्बन्धित निकायले गर्छ, भन्सार प्रमुख राम प्रसाद रेग्मीको भनाइ छ ।

भन्सार प्रकृयामा कुनै कमजोरी नभएको व्यवसायी सन्तोष खवासको दाबी रहेको छ ।आवाश्यक अनुसन्धानका लागि राजश्व अनुसन्धान कार्यालय इटहरीमा सामान र गाडि बुझाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय