सहकारी पीडितको दुई महिनादेखि जारी आन्दोलनप्रति सरकारले वेवास्ता गरेको पीडितले गुनासो गरेका छन । आफूले दुःख गरेर जम्मा गरेको निक्षेप फिर्ताको माग राख्दै रिले अनसन पीडितले थालेपनि त्यसमा सरकारले नजरअन्दाज गरेको हो । दशकौदेखि नेपाली चलचित्रको क्षेत्रमा अभिनय गर्दै आएका चर्चित कलाकार बसुन्धरा भुसाल र नेपाली चलचित्रका पहिलो नायिका चैते देवी सिंह समेत सहकारीवाट ठगिएको भन्दै न्यायको माग गर्दै प्रदर्शनमा सहभागी भएका छन ।

बचत फिर्ताको लागि आन्दोलन गरेको दुई महिना पुग्दा पनि सरकारले चासो नदिएको भन्दै पीडितहरु अर्को चरणको शसक्त आन्दोलनको तयारीमा जुटेका छन । पीडितले साउन १८ गते काठमाडौंमा बृहत प्रदर्शनको तयारी गरेका छन ।

ओरेन्टेल,देउराली ,इमेज लगायत आठ दर्जनभन्दा बढी सहकारीका बचतकर्ता सरकारलाई दवाव दिन काठमाडौं केन्द्रीत आन्दोलनमा छन । पछिल्लो समय देशभरका ५७ लाख बचतकर्ताको ६३ अरब रूपैयाँ जोखिममा परेको बताइन्छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय