स्वीडेन समूह विजेता बन्दै फिफा महिला विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । न्युजिल्यान्डको ह्यामिल्टनस्थित वाइकाटो स्टेडियममा बुधबार भएको खेलमा अर्जेन्टिनालाई २–० गोल अन्तरले पराजित गर्दै स्वीडेन समूह जीको विजेताको रुपमा नकआउट चरणमा पुगेको हो ।



अर्जेन्टिना भने पुछारमा रहँदै समूह चरणबाटै बाहिरिएको छ । स्वीडेनको जितमा रेविका ब्लोमभिस्टले ६६औँ र एलिन रुवेन्सनले इन्जुरी समयमा गोल गरिन् । यहि समूहबाट उपविजेता बन्दै दक्षिण अफ्रिका पनि अन्तिम १६ मा प्रवेश गरेको छ । आज भएको खेलमा इटालीलाई ३–२ गोल अन्तरले पाखा लगाउँदै दक्षिण अफ्रिकाले उपविजेता बन्दै नकआउट चरणको यात्रा तय गरेको हो ।



